आत्मसम्मानका साथ बाँच्न पाउने बनाउँछौँ : प्रधानमन्त्री ओली « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आत्मसम्मानका साथ बाँच्न पाउने बनाउँछौँ : प्रधानमन्त्री ओली


८ चैत्र २०७६, शनिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दलित समुदायलाई राज्यको मूल प्रवाहमा ल्याई आत्मसम्मानका साथ बाँच्न पाउने आधार तयार गर्न र न्यायमा पहुँच पुु¥याउन नीति तथा कार्यक्रममार्फत सरकारले काम अघि बढाउने बताएका छन् ।

५५ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा आज एक सन्देश दिँदै उनले सो कुरा बताएका हुन् ।

‘जातीय एवं सांस्कृतिक विविधतायुक्त सयौँ थुँगा फूलका एउटै मालाको प्रतिबिम्बका रूपमा रहेको हाम्रो राष्ट्र नेपालमा सबै फूलहरूलाई फुल्ने र फक्रने वातावरण तयार गर्न वर्तमान सरकार सांस्कृतिक रूपान्तरणका माध्यमबाट मानव अधिकारको प्रवर्द्धन एवं संवर्द्धनका लागि दृढताका साथ अगाडि बढ्नेछ’, प्रधानमन्त्री ओलीको सन्देशमा लेखिएको छ ।

सबै प्रकारका विभेद विरुद्धको आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने ज्ञात, अज्ञात शहीदप्रति प्रधानमन्त्री ओलीले श्रद्धाञ्जली अर्पण पनि गरेका छन् । प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, ‘नेपालको एकीकरणलगायत राजनीतिक परिवर्तनका लागि भएका हरेक प्रजातान्त्रिक आन्दोलनमा नेपाली दलितले निभाएको बलिदानीपूूर्ण भूमिकाको उच्च प्रशंसा गर्न चाहन्छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस