कोरोना नियन्त्रण उच्चस्तरीय समिति बैठक बस्दै, सीमा बन्दबारे छलफल हुँदै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कोरोना नियन्त्रण उच्चस्तरीय समिति बैठक बस्दै, सीमा बन्दबारे छलफल हुँदै


७ चैत्र २०७६, शुक्रबार


काठमाडौँ । कोरोना भाइरस रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै छ ।

शुक्रवार साँझ साढे ६ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठक बस्न लागेको हो ।

बैठकमा कोरोना भाइरस नेपाल प्रवेश गर्न नदिन अपनाउनु पर्ने उपायदेखि नियन्त्रणबारे विभिन्न मन्त्रालयका प्रतिनिधिले एजेन्डा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

बैठकमा सीमा बन्द गर्नेबारेसमेत छलफल हुनसक्ने एक अधिकारीले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस