प्रदेश १ ले सबै भारतीय नाका बन्द गरायो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश १ ले सबै भारतीय नाका बन्द गरायो


७ चैत्र २०७६, शुक्रबार


विराटनगर । प्रदेश नम्बर १ ले भारतसँग जोडिएका सबै नाका बन्द गर्ने निर्णय गरेको छ ।

शुक्रबार मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकले भारतसँग जोडिएको नाका बन्द गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी समाजिक विकासमन्त्री जीवन घिमिरेले कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै मानिसहरूको आवतजावत रोक्न नाका बन्द गर्न जरूरी रहेको बताए।

‘अहिलेलाई नाकाहरूमा अत्यावश्यक वस्तुको आपूर्तिबाहेक दुबैतर्फबाट मानिसहरूको आवतजावत रोक्न पहल गर्ने निर्णय भयो। अब यसको लागि केन्द्र सरकारलाई अनुरोध गर्छौं,’ उनले भने।

प्रदेश १ मा काँकडभिट्टा, पशुपतिनगर, भद्रपुर र विराटनगरसँग जोडिएको रानी नाका सञ्चालनमा छन्।

कोरोना जोखिमलाई लिएर प्रदेश सभा बैठक पनि अनिश्चितकालको लागि स्थगित भएको छ। शुक्रबार सभामुख प्रदिप कुमार भण्डारीले अर्को सूचना जारी नभएसम्मको लागि बैठक स्थगित भएको जानकारी गराए।

Tags :
प्रतिक्रिया दिनुहोस