सेना र सञ्चारकर्मिको सम्बन्ध सुमधुर हुनु पर्छ उपरथी -कार्की « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सेना र सञ्चारकर्मिको सम्बन्ध सुमधुर हुनु पर्छ उपरथी -कार्की


६ चैत्र २०७६, बिहिबार


कैलाली । नेपाली सेना र सञ्चारकर्मिहरु बिचको सम्बन्ध सुमधुर हुनुपर्ने सुदूरपश्चिम पृतना हेड क्वाटर दिपायलका पृतनापति उपरथी बालकृष्ण कार्कीले बताएका छन् ।

नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयको समन्वय तथा सुदूरपश्चिम हेड क्वाटरको सहकार्यमा नं.५ बाहिनी अड्डा तेघरी कैलालीमा आजदेखि सुरु भएको रक्षा सम्वाददाता अभिमुखीकरण कार्यक्रमको उद्घाटन गदै उपरथी कार्कीले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै पृतनापति उपरथी कार्कीले नेपाली सेना र सञ्चार कर्मीहरूको सम्बन्ध सुमधुर भए राष्ट्रिय विकासमा समेत सहयोग पुग्ने बताए । उनले भने समाज परिवर्तन र विकासमा सञ्चारकर्मिको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै पृतनाले जहिले पनि सञ्चारकर्मिहरु सँग समन्वय सहकार्य गरेर अगाडी बढ्ने समेत बताए ।

उद्घाटन सत्रमा नं. ५ बाहिनी अड्डा तेघरीका बाहिनीपती सहायक रथी होमनाथ दवाडी नम्बर २५ बाहिनी अड्डा महेन्द्रनगरका बाहीनीपती सहायक रथी शंखर पण्डीत प्रमुख सेनानी, सेनानी अधिकृतहरूको समेत सहभागिता रहेको थियो ।

आइतबारदेखि सुरु भएको कार्यक्रममा राष्ट्रिय सुरक्षा नीति, पृतना हेड क्वाटरको जिम्मेवारी, नागरिक सैनिक सम्बन्धलाई मजबुत बनाउन भएका प्रयासहरू, सडक निमार्णमा नेपाली सेनाको योगदान, नेपाली सेनाको कल्याणकारी योजना, प्रकृति संरक्षणमा नेपाली सेनाको भूमिका लगायतका विविध विषय बस्तुमा छलफल गरिने आयोजकले जानकारी दिएको छ ।

पाँच दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश ९ वटै जिल्लाका विभिन्न सञ्चार माध्यममा आबद्ध १८ जना सञ्चारकर्मीहरूको सहभागिता रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस