२२ मार्चदेखि भारतमा अन्तर्राष्ट्रिय उडान अवतरण बन्द « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

२२ मार्चदेखि भारतमा अन्तर्राष्ट्रिय उडान अवतरण बन्द


६ चैत्र २०७६, बिहिबार


भारत । भारतले २२ मार्चदेखि लागू हुने गरि एक हप्तासम्मका लागि सबै अन्तर्राष्ट्रिय उडान अवतरण बन्द गर्ने भएको छ । कोरोना भाइरसको संक्रमणलाई मध्येनजर गर्दै भारतले यो निर्णय गरेको हो ।

भारत सरकारले यसअघि नै विदेशी पर्यटकका लागि भिसा दिन बन्द गरिसकेको छ ।

भारतमा कोरोना भाइरसका कारण ४ जनाको मृत्यु भइसकेको छ भने एक सय ७३ जना संक्रमित भएका छन् । २० जना संक्रमणबाट मुक्त भएको भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस