प्रतिनिधिसभाको बैठक चैत १३ गतेसम्मका लागि स्थगित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रतिनिधिसभाको बैठक चैत १३ गतेसम्मका लागि स्थगित


६ चैत्र २०७६, बिहिबार


sanghiya sansad

काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक चैत १३ गतेसम्मका लागि स्थगित भएको छ।

शुक्रवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सरकारले अघि सारेको कोरोना सङ्क्रमण नियन्त्रण अभियान सफल बनाउन भन्दै स्थगित गरिएको हो।

बिहीबार बसेको कार्य व्यवस्था परामर्श समिति बैठकले चैत १३ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित गर्ने निर्णय गरेको हो।

बिहीबार बसेको राष्ट्रियसभा बैठक भने शुक्रवार दिउँसो १ बजेका लागिसमेत बोलाइएको छ। कोरोना सङ्क्रमण त्रासपछि सरकारले सर्वसाधारणलाई २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरिसकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस