नेपाल र म्यान्माका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखबाट शुभकामना « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेपाल र म्यान्माका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखबाट शुभकामना


६ चैत्र २०७६, बिहिबार


काठमाडौं । नेपाल र म्यान्माबीच कूटनीतिक सम्बन्ध स्थापना भएको आज ६० वर्षमा प्रवेश गरेको छ ।

यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र म्यान्माका राष्ट्रपति विन मिन्टले नेपाल र म्यान्माबीच विद्यमान सम्बन्धप्रति खुशी व्यक्त गर्दै बधाई तथा शुभकामना सन्देश आदानप्रदान गरेका छन्।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली र म्यान्माको राज्य सल्लाहकार आङसान सुचीले पनि बेग्लाबेग्लै बधाई तथा शुभकामना सन्देश आदानप्रदान गरेका छन् ।

सन्देशमा दुवै देशका नेताहरूले आपसी विश्वास, समझदारी र सहयोगमा आधारित द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल र म्यान्माबीच आजकै दिन अर्थात् १९ मार्च १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस