चितुवाको आक्रमणमा वन अधिकृत सहित तीन घाइते « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

चितुवाको आक्रमणमा वन अधिकृत सहित तीन घाइते


६ चैत्र २०७६, बिहिबार


पोखरा । पोखरामा आज बिहान चितुवाको आक्रमणमा परी जिल्ला वन अधिकृत रामकाजी श्रेष्ठसहित तीन घाइते भएका छन् ।

पोखरा महानगरापालिका–१३ मियापाटनमा बिहान ७ः०० बजेको समयमा चितुवाले आक्रमण गर्दा वन अधिकृते श्रेष्ठ, सशस्त्र प्रहरी हवल्दार ३६ वर्षीय फटिक मगरसहित पोखरा औद्योगिक क्षेत्र बस्ने वर्ष ३० का श्याम थापा घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए ।

स्थानीय खगेन्द्रबहादुर गुरुङको बाथरुममा पसेको चितुवालाई निकाल्ने क्रममा एक्कासी आक्रमण गरेको बताइन्छ । वन अधिकृत श्रेष्ठ र हवल्दार थापा सामान्य घाइते भएकामा उपचारपछि घर फर्किएका तथा स्थानीय थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

थापाको टाउको र पाखुरामा चोट लागेको बताइन्छ । चितुवालाई बिहान १०ः५० बजेको समयमा नियन्त्रणमा लिई वन कार्यालयको जिम्मा लगाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस