Logo १ माघ २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइयो जमुनाह नाकामा


६ चैत्र २०७६, बिहिबार


नेपालगञ्ज । कोरोना भाइरस सङ्क्रमणको जोखिम हुन नदिन बाँकेको मुख्य नेपाल-भारत सीमानाका जमुनाहमा बुधबारदेखि सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको छ ।

दुवैदेशका सुरक्षार्मीले दुवै देशमा प्रवेश गर्ने ठूला सवारीसाधनदेखि साइकलसम्म सञ्चालनमा रोक लगाएका छन् । नेपालतर्फ चौलिक्का चोकसम्म मात्र सवारीसाधन सञ्चालन गर्न दिइएको छ । सवारीसाधन सचालनमा रोक लगाए पनि पैदल आवातजावत भने यथावत रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

अहिले भारतबाट घर फर्किने नेपालीको सङ्ख्या उल्लेखनीय मात्रामा रहेको छन् । त्यस्तै नेपालगञ्जका उद्योगमा आउने कामदारदेखि अन्य नागरिक पैदल आउन बाध्य भएका छन् । यसअघि भारतमा फैलिएको कोरोना भाइरस नेपालमा भित्रिन सक्ने आशङ्कामा जमुनाह नाका बन्द गर्नुपर्ने आवाज उठ्दै आएको थियो ।

यहाँ बसेको नेपाल र भारतका सुरक्षा अधिकारीको बैठकले बुधबारदेखि सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको हो । बिहानैदेखि टेन्ट लगाएर स्वास्थ्यकर्मीले नाकामा प्रवेश गर्ने हरेक नागरिकको अनिवार्य स्वास्थ्य परीक्षणसमेत गरिरहेका छन् ।

अर्कोतर्फ, कोरोना भाइरसको कारण बाँकेको व्यापार, व्यवसाय पनि प्रभावित भएको छ । बाँकेको सदरमुकाम नेपालगञ्जमा आवतजावत गर्नेको सङ्ख्या घटेपछि यहाँको व्यापार, व्यवसाय प्रभावित बनेको हो ।

मूलतः भारतबाट आउने पर्यटकको आगमन शून्यमा झरेको, आन्तरिक पर्यटकको सङ्ख्या पनि ह्वात्तै घटेको, होटल, रेष्टुराँ र सार्वजनिकस्थलमा मानिसको उपस्थिति पातलिँदै गएपछि यसको प्रत्यक्ष असर अर्थतन्त्रमा परेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी ओलीले जानकारी दिए ।

कोरोनाका कारण बाँकेको होटल व्यवसायमा सबैभन्दा बढी प्रभाव परेको छ । नेपाली तथा विदेशी पर्यटकले चल्दै आएको बाँकेको होटल व्यवसाय सरकारले विदेशीलाई प्रवेश निषेध तथा जिल्लामा कुनै पनि सभा सम्मेलन, कार्यक्रम नगर्नका लागि आग्रह गरेकाले अहिले होटल व्यवसायको कारोवार प्रायःठप्प जस्तै छ ।

“हाम्रो कारोवार ८० प्रतिशत बढीले घटेको छ । यस्तो अवस्थालामो समयसम्म रहिरहे बैंकको ऋण निखन्न पनि धौधौ पर्ने देखिन्छ”, होटल व्यवासायी सङ्घ बाँकेका अध्यक्ष भीमलाल कँडेलले भने। तर, यहाँको व्यापार व्यवसायमा प्रतिकूल प्रभाव परे पनि भारतबाट आउने मालसामान भने रोकिएका छैनन् । भारतबाट आउने मालसामानमा भने कुनै कमी आएको छैन । सीमानाकामा आवतजावतमा कडाइ भए पनि सामान आयातनिर्यातमा भने कुनै कमी नआएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

“भारतबाट मालसामान आयतमा वृद्धि भएकाले अहिले विगतको भन्दा दैनिक रु एक करोड बढी राजश्व सङ्कलन भइरहेको छ”, नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस