राजपाका संयोजकमा भण्डारी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राजपाका संयोजकमा भण्डारी


५ चैत्र २०७६, बुधबार


काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलका संयोजकमा शरत्सिंह भण्डारीले जिम्मेवारी सम्हालेका छन् ।

अध्यक्ष मण्डलको मङ्गलबार भएको बैठकको निर्णयअनुरुप भण्डारीले राजपाको नेतृत्व लिएका हुन् ।

राजपाको पार्टी एकताको महाधिवेशन नभएसम्म चक्रीय प्रणालीमा नेतृत्व फेरिने परम्पराअनुरुप हरेक दुई महिनामा नेतृत्व परिवर्तन हुन्छ । अध्यक्ष मण्डलका छ नेताले पालैपालो नेतृत्व सम्हाल्दै आएका छन् । यसअघि महेन्द्रराय यादव राजपा अध्यक्ष मण्डलको संयोजक थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस