कोरोनाको आशंकामा पाँच विदेशी टेकु अस्पतालमा भर्ना, एक आइसियूमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोरोनाको आशंकामा पाँच विदेशी टेकु अस्पतालमा भर्ना, एक आइसियूमा


५ चैत्र २०७६, बुधबार


काठमाडौँ । कोरोना भाइरसको आशंकामा पाँच जना विदेशी नागरिक टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका छन् ।

भर्ना भएकामध्ये चार जना आइसोलेसनमा रहेका र एक जनालाई आइसियूमा राखेर उपचार गरिरहेको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले जानकारी दिएका छन्।

सोमबार भर्ना गरिएका उनीहरू सबै अमेरिका र स्कटल्यान्डका नागरिक हुन्।

भर्ना भएका पाँचमध्ये एक जनामा गम्भीर निमोनिया देखिएपछि सोमबार नै आइसियूमा राखेर उपचार गरिएको भण्डारीले बताए।

आइसियूमा रहेका व्यक्तिको अवस्थामा सुधार आएकोले आज आइसियूबाट बाहिर निकाल्ने तयारी गरेको पनि उनले बताएका छन्

उनले सबैको आज बेलुकासम्म परीक्षणको नतिजा आइसक्ने जनाए।

Tags :
प्रतिक्रिया दिनुहोस