कोरोनाविरुद्ध टास्कफोर्स गठन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोनाविरुद्ध टास्कफोर्स गठन


४ चैत्र २०७६, मंगलबार


नेपालगञ्ज । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसविरुद्ध पूर्वतयारी अपनाउँदै बाँकेमा टास्कफोर्स गठन गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा आज बसेको सरोकारपक्षको समन्वयात्मक बैठकले प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको संयोजकत्वमा टास्कफोर्स र व्यवस्थापन समिति गठन गरेको हो ।

बैठकले नगरप्रमुख डा धवलशम्शेर राणाको संयोजकत्वमा आकस्मिक कोष व्यवस्थापन समिति, भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाको संयोजकत्वमा मेडिकल समिति र स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजङ्ग शाहको संयोजकत्वमा रोकथाम तथा नियन्त्रण समिति गठन गरेको छ ।

बैठकमा कोरोना भाइरसविरुद्ध पूर्वतयारीका लागि आकस्मिक कोषमा नेपालगञ्ज उपमहानगरपालिकाको तर्पmबाट रु ३० लाख, बाँके जिल्ला समन्वय समितिले रु ३० लाख, कोहलपुर नगरपालिकाले रु २० लाख, छ वटा गाउँपालिकाले रु १०/१० लाख र नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले रु २० लाख सहयोग गर्ने निर्णय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस