कर्मचारी संक्रमित भए १० लाख उपचार खर्च, यस्ता छन् १६ निर्णय « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कर्मचारी संक्रमित भए १० लाख उपचार खर्च, यस्ता छन् १६ निर्णय


३ चैत्र २०७६, सोमबार


काठमाडौँ । सरकारले कोरोना भाइरस(कोभिड–१९) संक्रमणको रोकथाम र नियन्त्रण सम्बन्धी कार्यमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा स्वंयमसेवकहरूलाई १० लाखसम्मको उपचार खर्च दिने भएको छ । यसका साथै २५ देखि ७५ प्रतिशतसम्म सुरु तलबको भत्ता दिने भएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा सोमबार बसेको ‘कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ को बैठकले कर्मचारी सञ्‍चयकोषले आफ्ना सञ्चयकर्तालाई घातक रोगको उपचार गर्न प्रदान गर्दै आएको उपचार खर्च बापतको १० लाखको व्यवस्थालाई कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि खटिएका कर्मचारी सङ्क्रमित भएमा निजलाई उपचार गर्दा लाग्ने खर्च समेत सोही अनुरूप हुने व्यवस्था अर्थ मन्त्रालयले मिलाउने भएको छ ।

यस्ता छन् समितिले गरेका १६ निर्णय

Tags :
प्रतिक्रिया दिनुहोस