डिजेल, पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ घट्यो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

डिजेल, पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ घट्यो


३ चैत्र २०७६, सोमबार


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले मध्य राती १२ बजेदेखि लागु हुने गरी डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धन आन्तरिकतर्फको मूल्य घटाएको हो ।

निगमले डिजेल पेट्रोल र मट्टितेलमा प्रति लिटर दुई रुपैयाँले मूल्य घटाएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फको मूल्य ४ रुपैयाँ ५० पैसाले घट्दा एलपीजी ग्यास र हवाई इन्धन अन्तराष्ट्रियको मूल्य भने पुरानै कायम गरेको छ ।

नयाँ मूल्यअनुसार अब उपभोक्ताले डिजेल र मट्टितेलमा प्रति लिटर ९५ रुपैयाँ, पेट्रोल १०६ रुपैयाँ प्रति लिटर र हवाई इन्धन आन्तरिकतर्फ ९० रुपैयाँ प्रति लिटर मूल्य तिर्नुपर्छ ।

कोरोना सङ्क्रमणले विश्व अर्थतन्त्रमा परेको प्रभाव तथा साउदी अरेबिया र एसियाबिचको तेलको मूल्यमा भएको होडबाजीले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा घटेको तेलको मूल्यको असर नेपालमा पनि देखिने भन्दै पेट्रोलियम व्यवसायीले निगमसँग कम परिमाणमा तेल खरिद गर्दा काठमाडौँ लगायतका सहरमा तेलको अभाव देखिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस