उपत्यकामा १२० आईसीयू र एक हजार आइसोलेटेड बेड बनाउने निर्णय « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

उपत्यकामा १२० आईसीयू र एक हजार आइसोलेटेड बेड बनाउने निर्णय


३ चैत्र २०७६, सोमबार


काठमाडौँ । सरकारको काठमाडौँ उपत्यकामा एक सय २० र बाहिर एक सय आईसीयू बेड तयार पार्ने निर्णय गरेको छ ।

कोरोना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले उपत्यकामा आईसूयी बेड बनाउने अस्पतालहरु समेत तोकेको छ ।

जसअनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कीर्तिपुर आयुर्वेद अस्पताल, नेपाली सेनाको अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा २०÷२० वटा आईसीयू वेड बनाइनेछ । यस्तै प्रदेश तथा स्थानीय तहसँग समन्वय गरेर उपत्यका बाहिर एक सय आईसीयू बेड तयारी गरिनेछ ।

बैठकले उपत्यकामा १ हजारसम्म आइसोलेटेड बेड बनाउने निर्णय गरेको छ । जसअनुसार कीर्तिपुर आयुर्वेदिक अस्पतालमा २००, खरीपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा २२०, टेकु अस्पतालमा १००, पाटन अस्पतालमा ७० र नेपाल प्रहरी र सशस्त्र प्रहरीको अस्पतालमा १००र१०० आइसोलेटेड बेड बनाइनेछ । यस्तै भक्तपुरको तेलकोटस्थित खानेपानी कार्यालयमा ६० र इचंगुनाराणस्थित सुकुम्बासी आवासमा २८० वटा आइसोलेटेड बेड बनाइनेछ ।

बैठकले कोरोनाको चेकजाँचमा खटिएका स्वास्थ्यकर्मीहरुलाई भत्ता दिने, २० हजार थान सेफ्टी किट(पर्सनल प्रोटेक्सन इक्विप्मेन्ट), १० हजार डाइग्नोस्टिक किट र एक हजार थान थर्मल गन खरिद गर्ने निर्णय भएको छ । यो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत खरिद गरिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस