वन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु


३ चैत्र २०७६, सोमबार


विराटनगर । ‘प्रदेश वनको व्यवस्था गर्नका लागि बनेको विधेयक, २०७६’ माथिको सैद्धान्तिक छलफल आज देखि सुरु भएको छ ।

प्रदेशसभाको बैठकमा सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य अम्बिका थापाले विधेयकले सामुदायिक वन, धार्मिक वन, कबुलियत वन र निजी वनको विकासका लागि ऐनमा स्पष्ट रूपमा आउनुपर्ने भन्दै वनको सीमाङ्कन स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारको कुन हो स्पष्ट हुनुपर्ने बताए ।

उहाँले वन विनाश गरी कसुर गर्ने मानिसलाई दण्ड र सजायको व्यवस्थालाई कडाइ गर्नुपर्ने भन्दै विधेयकलाई समृद्ध बनाउन विषयगत समितिमा लैजानुपर्ने माग गर्नुभयो । सदस्य उत्तम कुमार बस्नेतले भौगोलिक विविधतालाई ऐनले स्पष्ट गर्नुपर्छ भन्दै वनको प्रयोग र भावी पुस्ताका लागि जोगाउन विधेयकमा नीतिगत व्यवस्था हुनुपर्नेमा जोड दिए । अर्का सदस्य सूर्यराज राईले वैज्ञानिक वनका नाममा वन विनाश भइरहेको छ भन्दै वनलाई तीन तहमा राख्दा प्रदेश वनको अधिकार कमजोर हुन नदिन विधेयकमाथि दफावार छलफल हुनुपर्ने माग गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस