काठमाडौँ महानगरका सब इन्जिनियरबिरुद्ध मुद्दा दर्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँ महानगरका सब इन्जिनियरबिरुद्ध मुद्दा दर्ता


३ चैत्र २०७६, सोमबार


अख्तियार

काठमाडौँ । काठमाडौँ महानगरका सब इन्जिनियर गणेश ठकुल्लाबिरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।

घर निर्माण सम्पन्न गरी दोस्रो र तेस्रो किस्ताको रकम निकासा गर्ने प्रयोजनका लागि घुस लिई सकेको अवस्थामा पक्राउ परेका ठकुल्लाबिरुद्ध मुद्दा दर्ता गरिएको हो ।

ठकुल्लाले घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले बीस हजार लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रकमसहित नियन्त्रणमा लिइएको थियो ।

अख्तियारले ठकुल्लाविरुद्ध २० हजार रुपैयाँ बिगोसहित जरिवाना र कैद सजाय माग गर्दै मुद्दा दायर गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस