प्रचण्डलाई थप्पड हान्ने कुँवर पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रचण्डलाई थप्पड हान्ने कुँवर पक्राउ


२ चैत्र २०७६, आइतबार


काठमाडौं । ७ वर्षअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि थप्पड प्रहार गर्ने पदम कुँवर पक्राउ परेका छन् । शनिबार साँझ बानेश्वरस्थित संसद भवनबाट कुँवर पक्राउ परेका हुन् ।

संसद भवनको शौचालयमा प्रवेश गरेका उनको सुरक्षाकर्मीसँग विवाद भएको थियो । त्यसपछि उनलाई नियन्त्रणमा लिइएको बानेश्वर प्रहरीका डीएसपी दुर्गाराज रेग्मीले बताए ।

कुँवर किन संसद भवनतिर छिरे भन्ने विषयमा अनुसन्धान भइरहेको उनी बताउँछन् ।

यसअघि १ मंसिर २०६९ मा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका बेला उनले प्रचण्डलाई थप्पड हानेका थिए । बाग्लुङका कुँवर त्यसवेला वैद्य माओवादीसँग आबद्ध थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस