कोरोना संक्रमणबाट भारतमा थप एक जनाको मृत्यु « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

कोरोना संक्रमणबाट भारतमा थप एक जनाको मृत्यु


१ चैत्र २०७६, शनिबार


काठमाडौँ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा थप एक जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार, कोरोनाको संक्रमणबाट १३ मार्चमा दिल्लीको पश्चिमी क्षेत्रमा ६८ वर्षीय एक बुद्धाको मृत्यु भएको छ ।

उनको मृत्युको कारण डायबिटिजसँगै कोरोना संक्रमण रहेको भारतीय स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । ती महिला २३ फरअरीमा स्वीजरल्याण्ड र इटाली हुँदै भारत आएकी थिइन् ।

स्वास्थ्य समस्या देखिए पछि ७ मार्चमा दिल्लीको राममनोहर लोहिया अस्पतालमा भर्ना भएकी ती महिलाको मृत्यु भएपछि उनको सवै परिवारको प्रारम्भिक परीक्षण गरिएको छ ।

यसअघि भारतमा एक बृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस