स्वास्थ्यकर्मीलाई आपत्कालीन बाहेकका बिदा स्वीकृत नगर्न परिपत्र « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्यकर्मीलाई आपत्कालीन बाहेकका बिदा स्वीकृत नगर्न परिपत्र


३० फाल्गुन २०७६, शुक्रबार


काठमाडौँ । विश्व महामारीको रूप लिएको कोरोना भाइरस(कोविड–१९) लाई मध्यनजर गरेर सरकारले स्वास्थ्यकर्मीलाई आपत्कालीन बाहेकका बिदा स्वीकृत नगर्न परिपत्र जारी गरेको छ ।

शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव प्रमोद सिंखडाले हस्ताक्षर गरेको परिपत्रमा ‘कोरोना भाइरसको सङ्क्रमणको सन्दर्भमा नेपालमा समेत सतर्कता अपनाउनुपर्ने भएकोले स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्य कर्मीहरूको अर्को आदेश नभएसम्म प्रसूति बिदा र क्रिया बिदा बाहेक अन्य बिदा स्वीकृत नगर्न’ भनिएको छ ।

परिपत्रमा अति आवश्यक बिदा स्वीकृत गर्नुपर्ने अवस्थामा वैकल्पिक व्यवस्था गरेर मात्रै निर्णय गर्न भनिएको छ ।

परिपत्रमा ७ वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य सेवा विभाग टेकु, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, औषधि व्यवस्था विभाग, सङ्घीय अस्पतालहरू र सबै स्थानीय तहलाई सम्बोधन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस