मिर्गौलाको सफल प्रत्यारोपण गर्ने चिकित्सकहरूप्रति विशेष आभारी छु : प्रधानमन्त्री ओली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मिर्गौलाको सफल प्रत्यारोपण गर्ने चिकित्सकहरूप्रति विशेष आभारी छु : प्रधानमन्त्री ओली


३० फाल्गुन २०७६, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौलाको सफल प्रत्यारोपण गर्ने चिकित्सकप्रति आभार व्यक्त गरेका छन् ।

बार दिन लामो अस्पताल बसाई पछि मिर्गौला प्रत्यारोपण गरेर निवास फर्केका प्रधानमन्त्री ओलीले फेसबुकमार्फत आभार व्यक्त गरेका हुन् ।

बाह्र दिन लामो अस्पताल बसाइपछि मिर्गौला प्रत्यारोपण गरेर म आज आफ्नो निवासमा फर्केको छु, उनले लेखेका छन् मेरो मिर्गौलाको सफल प्रत्यारोपण गर्ने चिकित्सकहरूप्रति विशेष आभारी छु ।

फागुन १९ गते मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएकाप्रधानमन्‍त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालले शुक्रबार साँझ डिस्चार्ज गरेको हो।

ओलीको यो दोस्रो पटकको मिर्गौला प्रत्यारोपण हो। उनलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस