विश्व उपभोक्ता दिवसको नारा : ‘उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता’ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विश्व उपभोक्ता दिवसको नारा : ‘उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता’


३० फाल्गुन २०७६, शुक्रबार


काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले ‘उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता’ भन्ने मूल नाराका साथ विश्व उपभोक्ता दिवस मनाउने भएको छ ।

सङ्घ, प्रदेश र स्थानीय तहका साथै जिल्ला प्रशासन कार्यालय र विभाग मातहतका पाँच ओटै कार्यालयहरूमा दिवसलाई भव्यरुपमा मनाउने विभागका महानिर्देशक नेत्र सुवेदीले बताएका छन् ।

दिवस कार्यक्रमको पूर्वसन्धामा पत्रकार सम्मेलनको आयोजना गर्दै विभागले कर्मचारी, शिक्षक, उपभोक्ताकर्मी, व्यवसायी, सञ्चारकर्मी तथा आम उपभोक्ताको सहभागीमा सचेतनामूलक कार्यक्रम गरी मनाउने जनाएको छ ।

चैत १ गते विश्व उपभोक्ता अधिकारसम्बन्धी विषयमा नेपाल टेलिभिजन तथा अन्य टेलिभिजनबाट परिसंवाद कार्यक्रम प्रसारण गर्नुका साथै चैत २ गते उद्योग मन्त्री तथा राज्यमन्त्री, सचिव र विभागका महानिर्देशक शुभकामना सन्देश तथा सञ्चार माध्यमबाट विभिन्न सचेतनासहितका सामाग्री वितरण गरिने कार्यक्रम रहेको सम्मेलनमा जानकारी दिइएको छ ।

दिवसका अवसरमा उपभोक्ता अधिकार क्षेत्रमा क्रियाशील अधिकारकर्मी, पत्रकार र कर्मचारीलार्इ पुरस्कृत गर्ने विभागले जनाएको छ ।

विश्वभरि नै त्रासदी फैलाएको कोरोना भाइरसका कारण सरकारले ठुला समारोह र भिडभाडमा नजान आग्रह गरेसँगै विभागले पनि ¥याली र ठुलो समारोह नगरी विभाग परिसरमै समारोह गरिने जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस