प्रधानमन्त्री ओलीलाई मोदीको प्रस्ताव : सार्क नेताबीच भिडिओ कन्फरेन्स गरौं « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्री ओलीलाई मोदीको प्रस्ताव : सार्क नेताबीच भिडिओ कन्फरेन्स गरौं


प्रशासन संवाददाता

३० फाल्गुन २०७६, शुक्रबार


काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसबारे सार्क नेताबीच भिडिओ कन्फरेन्स गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रस्ताव पठाएका छन् ।

भारतीय राजदूतावासले परराष्ट्र मन्त्रालयमार्फत् मोदीको उक्त निम्तो प्रधानमन्त्री कार्यालयमा पुर्‍याएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए । उनले भिडिओ कन्फरेन्सको मिति टुंगो लागि नसकेको बताए ।

शुक्रबार सामाजिक सञ्जालमार्फत एक ट्वीट गर्दै प्रधानमन्त्री मोदीले विश्वभर फैलिरहेको कोरोना भाइरसबारे दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रहरूले साझा रणनीति बनाउनु पर्ने बताउँदै आफ्ना नागरिकलाई भिडिओ कन्फरेन्सका माध्यमबाट स्वस्थ राख्नेबारे छलफल गर्न सकिने बताएका थिए ।

‘कोरोना भाइरसविरूद्ध लड्नका लागि सार्क मुलुकहरूले बलियो रणनीति बनाउनु पर्ने मेरो प्रस्ताव छ । हामी भिडिओ कन्फरेन्सका माध्यमबाट हाम्रा नागरिकलाई स्वस्थ राख्नेबारे छलफल गर्न सक्छौं,’ मोदीले ट्वीटमा लेखेका छन्, ‘सँगै भएर हामीले दुनियाँलाई एउटा उदाहरण पेस गर्न सक्छौं र स्वस्थ विश्वका लागि योगदान गर्न सक्छौं ।

शुक्रबारसम्म भारतमा कोरोना भाइरसबाट १ जनाको मृत्यु भएको छ भने ७५ जना संक्रमित भएका छन्

Tags :
प्रतिक्रिया दिनुहोस