तुलसीपुरमा चट्याङ लागेर एक घाइते « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

तुलसीपुरमा चट्याङ लागेर एक घाइते


प्रशासन संवाददाता

३० फाल्गुन २०७६, शुक्रबार


दाङ । तुलसीपुरमा चट्याङ लागेर आज एक युवती गम्भीर घाइते भएकी छन् । तुलसीपुर उपमहानगरपालिका–१८ दौडाँडे निवासी २२ वर्षीया शिवा बस्नेत चट्याङ लागेर घाइते भएकी हुन् ।

घरमै बसिरहेको अवस्थामा आज दिउँसो १ः१५ बजेतिर परेको चट्याङ लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । चट्याङ लागेर बस्नेतका दुईवटै खुट्टा जलेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस