कोरोना भाइरसबाट भारतमा पहिलोपटक एक जनाको ज्यान गयो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कोरोना भाइरसबाट भारतमा पहिलोपटक एक जनाको ज्यान गयो


३० फाल्गुन २०७६, शुक्रबार


एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण भारतमा पहिलोपटक एकजनाको ज्यान गएको छ ।

भारतको कर्नाटक राज्यमा कोरोना भाइरसको संक्रमणका कारण ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको हो । कर्नाटक राज्यका स्वास्थ्य विभाग प्रमुखका अनुसार कर्नाटकको कलबुर्गीमा ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ ।

त्यस्तै प्रदेश सरकारका स्वस्थ्यमन्त्री बी श्रीरामुलु अनुसार मृत्यु भएका व्यक्तिमा केही दिनअघिमात्र गरिएको स्वास्थ्य परीक्षणबाट कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । त्यसलगत्तै संक्रमित व्यक्तिलाई अलग राखिएर उपचार सुरु गरिएको थियो ।

सामाजिक सञ्जालमा ट्वीट गर्दै मन्त्री श्रीरामुलुले मृत्यु भएका व्यक्तिले त्यसअघि को–कोसँग भेट गरेका थिए, उनीहरुको समेत खोजी भैरहेको बताएका छन् । तर उनले मृत्यु भएको व्यक्तिको परिचय खुलाएका छैनन् ।

साउदी अरबबाट फर्किएका उनको मंगलबार राती मृत्यु भएको बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस