डोटीका चार स्थानमा सहायता कक्ष स्थापना गरिने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

डोटीका चार स्थानमा सहायता कक्ष स्थापना गरिने


३० फाल्गुन २०७६, शुक्रबार


डोटी । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को सम्भावित जोखिम न्यूनीकरणका लागि डोटीका चार स्थानमा सहायता कक्ष स्थापना गरिने भएको छ । बिहीबार डोटीका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलको अध्यक्षतामा बसेको जिल्ला बिपद् ब्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि सूचना सामग्री सहित डोटीको जोरायल गाउँपालिका –२ बुडर स्वास्थ्य चौकीमा, दिपायल सिलगढी नगरपालिका–४ पीपल्ला बजारमा रहेको शैलेश्वरी अस्पतालमा, आर्दश गाउँपािलका–३ मौवा नगरदहमा रहेको मौवा स्वास्थ्य चौकीमा र जिल्ला अस्पताल डोटीमा सहायता कक्ष स्थापना गर्ने निर्णय गरेको प्रजिअ पौडेलले बताए ।

साथै बैठकले जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा आईसोलेसन कक्षको व्यवस्था गर्ने, गर्मिको बेला हुन सक्ने आगलागि, चट्याङ, जस्ता घटनाबाट बच्च पूर्व तयारी गर्ने, क्वारेन्टाईनको लागि जमिन र भवनको व्यवस्थापन गर्ने, सबै स्थानीय तहमा हेलीप्याडको निमार्ण गर्ने, औषधि, खाद्यान्न अभाव हुन नदिन संचय गरेर राख्न उद्योग वाणिज्य संघ र चेम्बर अफ कर्मश लाई व्यवस्थापन गर्ने जिम्मेवारी दिने, कालोबजारी नियन्त्रण गर्न नियमित बजार अनुगमन गर्ने, स्थानीय तहले कोरोना भाइरसको संक्रमण हुन नदिनका लागि सचेतनामूलक कार्यक्रमहरु गर्ने निर्णय गरेको हो ।

बैठकमा जिल्ला स्थित सरोकारवाला निकाय, जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख प्रतिनिधि, पत्रकार, नागरिक समाज लगाएको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस