भारतले लगाएको प्रतिबन्ध नेपालीको लागि लागू नहुने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

भारतले लगाएको प्रतिबन्ध नेपालीको लागि लागू नहुने


२९ फाल्गुन २०७६, बिहिबार


काठमाडौँ । भारतले लगाएको प्रतिबन्ध नेपालीको लागि लागू नहुने भन्सार विभागले जनाएको छ ।

शुक्रवारदेखि कुनै पनि विदेशी नागरिकलाई देशमा प्रवेशाज्ञा अनुमति नदिने गरी भारतले गरेको व्यवस्था नेपालीका लागि नभएको विभागका महानिर्देशक सुमनकुमार दाहालले प्रस्ट पारेका हुन् ।

महानिर्देशक दाहालले यसले आयात निर्यातमा कुनै प्रभाव नपार्नेसमेत बताएका छन् ।

भारतले बिहीबार गरेको घोषणासँगै नेपालको आयात निर्यात नै ठप्प हुने हो कि भन्ने जनआशङ्काबारे स्पष्ट पार्दै महानिर्देशक दाहालले नेपाल र भारतबिचको आवतजावतमा अनुमति पत्र आवश्यक नपर्ने भएकोले उक्त घोषणाले नेपालीको आवतजावत नरोकिने बताए ।

कोरोनाको सङ्क्रमण बढ्दै गएको र सोही कारण मृत्यु हुने क्रमसमेत सुरु भएपछि भारतले शुक्रवार महामारीको घोषणा गर्दै त्यस्तो घोषणा गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस