प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षित सुधार, व्यायाम थाले « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षित सुधार, व्यायाम थाले


२८ फाल्गुन २०७६, बुधबार


 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षित सुधार भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार प्रधानमन्त्री हिँडडुल गर्न सक्ने अवस्थामा छन् ।

प्रधानमन्त्री ओलीको एकसाताअघि दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरिएको थियो । चिकित्सकले प्रधानमन्त्री ओलीलाई तत्काल डिस्चार्ज गर्न नहुने बताउँदै आएका छन् ।

संक्रमणको डरले डिस्चार्ज गर्न नहुने उनीहरुको प्रतिक्रिया छ ।

Tags :
प्रतिक्रिया दिनुहोस