ठूलो संख्यामा खरिदारको लोक सेवा खुल्यो(विज्ञापनसहित) « प्रशासन
prasaLogo
२८ फाल्गुन २०७६, बुधबार

ठूलो संख्यामा खरिदारको लोक सेवा खुल्यो(विज्ञापनसहित)


प्रकाशित मिति : 11 March, 2020 6:15 am

लोक सेवा

काठमाडौँ । लोक सेवा आयोगले खरिदार पदमा विज्ञापन प्रकाशित गरेको छ ।

आयोगले राजपत्र अनंकित द्धितीय श्रेणी(अप्राविधिक) खरिदार पदका लागि न्याय, प्रशासन र व्यवस्थापिका सेवाको न्याय, सरकारी वकिल, सामान्य प्रशासन र लेखा समूहतर्फ आन्तरिक, खुल्ला र समावेशी गरि ठूलो संख्यामा भर्ना आव्हान गरेको हो ।

दरखास्त दिने अन्तिम मिति चैत्र १८ गतेसम्म रहेको छ । दोब्बर दस्तुर तिरेर २५ गतेसम्म फाराम भर्न सकिने छ ।

१८ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेको र महिला तथा अपांगताको भएका उम्मेदवारहरुको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ । वहालवाला स्थायी निजामती हकमा भने उमेरको हद लाग्ने छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस