प्रधानमन्त्री अझै केहि दिन अस्पतालमै, पूरै सक्रिय हुन ६ महिना लाग्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्री अझै केहि दिन अस्पतालमै, पूरै सक्रिय हुन ६ महिना लाग्ने


२७ फाल्गुन २०७६, मंगलबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी दिन मंगलबार त्रिवि शिक्षण अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा एकदमै राम्रो सुधार भइरहेको बताउँदै अबको दुई–तीन दिनभित्र प्रधानमन्त्रीलाई अस्पतालबाट डिस्चार्ज गरिने जानकारी दिइन् ।

गत बुधबार त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको आज (मंगलबार) एक साता भएको छ । ‘प्रधानमन्त्री ओलीलाई अब चाँडै नै अस्पतालबाट डिस्चार्ज गर्दैछौं । अबको दुईतीन भित्र नै डिस्चार्जको तयारी गरेका छौं,’ उनले भनिन्, ‘अहिलेसम्मको अवस्था हेर्दा प्रधानमन्त्रीको स्वास्थ्यमा आशातीत सुधार आइसकेको छ ।’

उनले डिस्चार्ज गर्ने समय भइसके पनि परिवारबाट केही समय अस्पतालमै निगरानीमा राख्न भनिएकाले थप दिन लम्बिएको बताइन् ।

‘प्रधानमन्त्री डिस्चार्ज गर्ने अवस्थामा पुगिसक्नु भएको छ । तर घरबाट अलिक समय अस्पतालमा राखेर उपचार गराउन आग्रह भएको छ’, उनले भनिन्, ’त्यही आग्रह अनुसार हामीले केही दिन अस्पतालमै राख्ने निर्णय गरेका हौँ । तर प्रधानमन्त्रीले त डिस्चार्ज मागि रहनुभएको छ ।’

उनले प्रधानमन्त्री डिस्चार्ज हुने दिन भने पक्का खलाइनन् । ‘कुन दिन हुन्छ भन्न सकिँदैन’, उनले भनिन्, ‘तीन दिनभित्र जुन दिनमा पनि हामी उहाँलाई बालुवाटार फर्काउन सक्छौँ ।’ प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मूख्य सूचक अप्रेशनको दोस्रो दिनदेखि नै साधरण छ ।

‘प्रधानमन्त्रीको शरीरमा रक्तचाप, सुगर, क्रियाटिनिन राम्रो अवस्थामा रहेको जानकरी छ उहाँले अब रुघाखोकी र अन्य संक्रमणबाट जोगिन पर्छ’, उनले भनिन्, ‘६ महिनापछि प्रधानमन्त्रीले सामान्य मानिस जस्तै काम गर्न सक्नु हुन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस