कोरोना संक्रमण रोकथामको रणनीति बनाउन उच्च स्तरीय छलफल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोरोना संक्रमण रोकथामको रणनीति बनाउन उच्च स्तरीय छलफल


२७ फाल्गुन २०७६, मंगलबार


काठमाडौं । मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय सिंहदबारमा मंगलबार कोरोना (कोबिड-१९) भाइरस रोकथामको विषयमा उच्च स्तरीय छलफल भएको छ।

नोबल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बैठक बसेको हो।

बैठकमा अर्थ, पर्यटन, स्वास्थ्यलगायत मन्त्री र सम्बन्धित निकायका अधिकारीको उपस्थिति थियो।

बैठकमा खाद्यान्न, औषधिलगायत अत्यावश्यकीय वस्तुको अवस्थाको विषयमा छलफल भएको हो। छलफलमा विभागीय मन्त्रीसँगै विभिन्न स्टेक होल्डरका प्रतिनिधि सहभागी थिए।

कोरोना नियन्त्रण र रोकथामका लागि बनेको उच्च स्तरीय समितिमा स्वास्थ्य, गृह, रक्षा, पर्यटनलगायत विभिन्न नौ मन्त्रालयको प्रतिनिधित्व रहेको छ।

छलफलमा सहभागीले खाद्यान्नको मौज्दात ६ महिनासम्म पुग्ने रहेको, औषधिलगायत आवश्यक वस्तु चार महिनासम्म पुग्ने अवस्थामा रहेको बताएका छन्। छलफलमा सहभागी मन्त्रीले अत्यावश्यक वस्तुको आयातमा अवरोध नहुने वातावरण बनाउने प्रतिवद्धता जनाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस