सीपी मैनालीको कार दुर्घटनाबारे सीआइबीद्वारा छानबिन गर्न माग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सीपी मैनालीको कार दुर्घटनाबारे सीआइबीद्वारा छानबिन गर्न माग


२७ फाल्गुन २०७६, मंगलबार


काठमाडौं । नेकपा (माले)ले महासचिव सीपी मैनालीको कार दुर्घटना सम्बन्धी छानविन र अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)द्वारा गर्नुपर्ने माग गरेको छ ।

मालेको प्रतिनिधिमण्डलले मंगलबार उपप्रधान एवम् रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामवहादुर थापालाई सिंहदरवारमा छुट्टाछुट्टै भेट गरी यस्तो माग गरेको हो ।

साथै सो पार्टीले दुर्घटनामा गम्भीर घाइते भएका मैनाली, परिवारका अन्य सदस्यहरु र कार चालकको उपचारका निम्ति काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर पठाएर सहयोग पु¥याईएकोमा नेपाल सरकारप्रति आभार प्रकट गरेको छ ।

भेटका क्रममा मन्त्रीद्वयले घटनाको छानबिन गराई चाँडै सत्यतथ्य पत्ता लगाउने प्रतिवद्धता व्यक्त गरेको नेकपा माले सचिवालयले बताएको छ ।

यही फागुन १५ गते झापाबाट काठमाडौं फर्किँदै गर्दा मैनाली चढेको कार महोत्तरीको बर्दिबासमा दुर्घटना भएको थियो ।

दुर्घटनामा मैनालीसहित उनका छोरा ३० वर्षीय सरोज, बुहारी पूजा, ५ वर्षीय नाति ऐन र कार चालक रामप्रसाद पौडेल घाइत भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस