गोरखामा जिप दुर्घटना, दश घाइते « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गोरखामा जिप दुर्घटना, दश घाइते


२७ फाल्गुन २०७६, मंगलबार


काठमाडौं । गोरखामा जीप दुर्घटना हुँदा दश जना घाइते भएका छन् ।

बारपाक सोलिकोट गाउँपलिका–४, सौरपानीबाट गोरखाबजारतर्फ जाँदै गरेको बा १५ च १०१६ नम्बरको जिप मंगलबार बिहान ७ः०० बजे केउरामा दुर्घटना हुँदा एकै परिवारका १० जना घाइते भएका हुन् ।

दुर्घटनामा चार जना गम्भीर घाइते छन् ।

दुर्घटनामा परी विमला गुरुङ, रमा गुरुङ, बुद्धबहादुर गुरुङ, श्रीमान् गुरुड, क्षेत्रकुमारी गुरुङ, टेकमाया गुरुङ र उनकी ६ वर्षीया छोरी सुनीता घाइते भएका छन् । सोही दुर्घटनामा परी सुकमाया गुरुङ, विनोद गुरुङ, राजकुमारी गुरुङ र चालक आनन्दकुमार गुरुङ पनि घाइते भएका छन् । घाइते सबै रञ्चोकका हुन् ।

यीमध्ये विमला, रमा, क्षेत्रकुमारी र सुकमायाको अवस्था गम्भीर रहेको छ ।

ब्रेक फेल हुँदा जिप दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिप सडकबाट करिब १ सय मिटर तल खसेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस