बजार अनुगमन गर्न ‘युनिफाइड’ अनुगमन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बजार अनुगमन गर्न ‘युनिफाइड’ अनुगमन


२६ फाल्गुन २०७६, सोमबार


काठमाडौँ । बजारमा कृत्रिम अभाव सृजना गर्ने तथा चर्को मूल्य असुल्ने विरुद्ध कारबाही गर्न नेपाल प्रहरीसहितको संयुक्त अनुगमन संयन्त्र बन्ने भएको छ ।

कोरोना त्रासलाई देखाएर कालोबजारी गर्नेबिरुद्ध कारबाही गर्न संयन्त्र बनाइन लागेको हो ।

सोमबार सञ्चार कर्मीहरूसँग छलफल गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले काठमाडौँ उपत्यकासहितका ठुला सहरमा वाणिज्यको अनुगमन टोलीलाई सहयोग गर्ने गरी टोल बनाउन गृह मन्त्रालयसँग छलफल सुरु भएको बताएका छन् ।

मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, आयल निगम र मन्त्रालयको एकीकृत टोलीले अहिले पनि बजार अनुगमन गरिरहेको बताउँदै मन्त्री भट्टले उक्त टोलीमा नेपाल प्रहरीलाई पनि जोड्ने बताए । काठमाडौँमा तत्कालै सुरु हुने यस्तो युनीफाइड अनुगमन प्रदेशमा भने प्रदेश सरकारको अनुकूलतामा गठन गरिने उनले बताए ।

सरकारी संस्थान र कम्पनीसँग खाद्यान्न र नुन चिनीलगायत अत्यावश्यक वस्तुको मौज्दात पर्याप्त रहेको बताउँदै मन्त्री भट्टले निजी क्षेत्रले कार्टेलिङ गरे सरकारी कम्पनीमार्फत बजार हस्तक्षेप गर्नेसमेत बताए ।

अत्यावश्यक वस्तुको उपलब्धताबारे जनतालाई जानकारी दिन मन्त्रालय तथा सम्बन्धित विभाग र संस्थानमा हटलाइन सुविधा सञ्चालन गर्ने तथा कार्यालयहरूका सामाजिक सञ्जाल पनि सक्रिय बनाउने उनको भनाई थियो ।
कोरोनाका कारण स्कुल–कलेज बन्द गर्ने घोषणा

दोहा । कोरोना भाइरस संक्रमणको त्रासका कारण कतारले देशव्यापी रूपमा स्कुल र विश्वविद्यालयहरू बन्द गर्ने घोषणा गरेको छ ।

सोमबार विज्ञप्ति निकाल्दै यही मार्च १० देखि नै लागु हुने गरी यस्तो घोषणा गरेको हो । अर्को सूचना जारी नभएसम्म यो घोषणा लागु हुने पनि सरकारले जनाएको छ ।

गल्फ मुलुकमा सङ्क्रमितको सङ्ख्या १५ पुगिसकेको अवस्थामा कतारले विभिन्न १४ देशका यात्रुलाई प्रवेश निषेध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस