सरकारसँग पाँच समझदारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सरकारसँग पाँच समझदारी


२६ फाल्गुन २०७६, सोमबार


काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्री धनश्याम भुसालले प्रदेश सरकारसँग ५ समझदारी गरेका छन्। दुई दिनसम्म भएको छलफल पछि प्रदेश सरकारसँग प्रि–बजेट बैठक गरी सङ्घ प्रदेश समन्वय गरेर अघि बढ्ने गरी समझदारी गरेका हुन्।

समझदारीमा कृषि विकासका लागि सङ्घीय र प्रादेशिक मन्त्रालयबिच योजना, कार्यक्रम र बजेट निर्माण समन्वयात्मक ढङ्गले गरिने भनिएको छ।

त्यस्तै कृषिका सेवा सुविधा र स्रोतमा एकरुपकता कायम गरिने, कृषि नीति, योजना कार्यान्वयनका लागि आवश्यक समन्वय संयन्त्र बनाइने र आगामी दिनमा स्थानीय तहसँग समेत समन्वय हुने गरी बैठक बस्ने समझदारी भएको मन्त्रालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस