थप तीन मुलुकका नागरिकलाई ‘अनअराइभल’ भिसामा रोक « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

थप तीन मुलुकका नागरिकलाई ‘अनअराइभल’ भिसामा रोक


२६ फाल्गुन २०७६, सोमबार


काठमाडौं । सरकारले थप तीन मुलुकका नागरिकलाई ‘अनअराइभल’ भिसामा रोक लगाएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले फ्रान्स, जर्मनी र स्पेनलाई पनि अनअराइभल भिसामा रोक लगाएको हो ।

गत साता सरकारले चीन, हङकङ, इरान, इटाली, कोरिया र जापानका नागरिकलाई नेपाल भ्रमण गर्दा दिइदै आएकोअन अराइभल भिसामा रोक लगाएको थियो।

कोरोना भाइरसको महामारी थप फैलिएपछि फ्रान्स, जर्मनी र स्पेनका नागरिकलाई पनि नेपालका विदेशस्थित सम्बन्धित कूटनीतिक नियोगबाट कोरोना भाइरसमुक्त स्वास्थ्य परीक्षण रिपोर्ट पेश गरेर मात्रे नेपाल आउने व्यवस्था गरेको हो।

पछिल्लो समय अनअराइभल भिसा रोक लगाइएका मुलुकको संख्या ८ पुगेको छ। रोक लगाएका मुलुकका नागरिकले मंगलबारदेखि अनअराइभल भिसा पाउने छैनन्।

Tags :
प्रतिक्रिया दिनुहोस