उपत्यकाका ७६ स्थानमा चेकिङ प्वाइन्ट र १४ वटा मोबाइल भ्यानबाट गस्ती « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उपत्यकाका ७६ स्थानमा चेकिङ प्वाइन्ट र १४ वटा मोबाइल भ्यानबाट गस्ती


२६ फाल्गुन २०७६, सोमबार


काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका ७६ स्थानमा चेकिङ प्वाइन्ट र १४ वटा मोबाइल भ्यानहरूले गस्ती गर्ने बताएको छ । होली पर्वलाई सुरक्षित र मर्यादित बनाउन यस्तो कदम चालेको महाशाखाले जनाएको हो ।

उपत्यकामा होली विशेष सुरक्षा योजना लागू गर्दै राजधानीको अधिकांश चोक, गल्ली तथा सडकमा सुरक्षा जाँच कडा पारिने महाशाखाका ले जनाएको छ ।

ढकालले मादक पदार्थ सेवन गरी जथाभावी सवारी चलाउने, मोटरसाइकलमा तीन जना राख्ने, तिव्र गतिमा चलाउने, जिकज्याक वा लापरवाहीका साथ सवारी चलाउने, हेल्मेट नलगाई मोसा तथा स्कुटर चलाउने र ठूलो आवाज निकालेर वा मोडिफाई गरी सवारी साधन चलाउनेलाई कारवाही गरिने बताइएको छ ।

उपत्यकामा ५६६ जना ट्राफिक प्रहरी परिचालन गरिने महाशाखाले जनाएको छ ।

महाशाखाले हेलमेट नलगाई दुईपाङ्ग्रे सवारी नचलाउन, ओभरलोड वा मोटरसाइकलमा दुई जनाभन्दा बढी मानिस राखेर यात्रा नगर्न, ठूलो हर्न नबजाउन, ठूलो आवाज निकालेर सवारी नचलाउन, जिकज्याक गरी नचलाउन, मोटरसाइकललाई मोडिफाई गरी सवारी साधन नचलाउनआग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस