बालविकास केन्द्रमा अङ्ग्रेजी शिक्षण ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बालविकास केन्द्रमा अङ्ग्रेजी शिक्षण !


२६ फाल्गुन २०७६, सोमबार


जाजरकोट । अङ्ग्रेजी विषयमा कमजोर भएको भन्दै डोल्पाको मुड्केचुला गाउँपालिकाले बालविकास केन्द्रमा लगानी गरेको छ ।

गाउँपालिकाभित्रका १३ र समुदायबाट सञ्चालित एक बालविकास केन्द्रलाई अङ्ग्रेजी माध्यमबाट पढाउन पहल शुरु गरिएको हो ।

गाउँपालिकाले सङ्घीय सरकारबाट दिँदै आएको रकमभन्दा केही रकम आफैँले उपलब्ध गराएर यहाँका बालविकास केन्द्रमा बालविकास कक्षामा सो माध्यमको पढाइ शुरु गर्न लागेको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।

गाउँपालिकाले केन्द्रलाई सो माध्यमबाट पढाइ शुरु गर्न रङ्गीन पुस्तक छापेर ल्याएको शिक्षा शाखाका दलबहादुर बस्नेतले जानकारी दिए । सो पुस्तकमा अध्यापन गर्दा समस्या पर्नबाट जोगिन सबै केन्द्रमा पढाउन शिक्षकलाई सातदिने तालिमसमेत दिइएको छ ।

यसरी आफैँले पाठ्यपुस्तक तयार गरेर सो माध्यमबाट पढाइ शुरु गर्ने डोल्पाको पहिलो स्थानीय तहमा मुड्केचुला पर्दछ ।

माध्यमिक शिक्षा परीक्षामा सहभागी विद्यार्थीलाई बिदाको समयमा थप शिक्षण गर्नका लागि गाउँपालिकाले बजेट छुट्याएर अध्यापन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस