फुडमान्डुका ५० हजार बढी सेवाग्राहीको तथ्याङ्क चोरी « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

फुडमान्डुका ५० हजार बढी सेवाग्राहीको तथ्याङ्क चोरी


२५ फाल्गुन २०७६, आइतबार


काठमाडौँ । अनलाइन सेवामार्फत खानेकुराको कारोबार गर्दै आएको फुडमान्डुका सेवाग्राहीहरूको तथ्याङ्क चोरी भएको । शनिवार साँझ कम्पनीको वेबसाइट ह्याक हुँदा ५० हजारभन्दा बढी सेवाग्राहीको तथ्याङ्क चोरी भएको हो ।

ह्याकरले सेवाग्राहीहरूको नाम, इमेल ठेगाना र फोन नम्बर चोरेको छ । कम्पनीले उक्त घटनापछि साइभर सुरक्षाका सम्भावित उपायहरू तत्कालै अपनाएर ह्याकरबाट मुक्त गराएको बताउँदै उक्त घटनाप्रति सेवाग्राहीसँग माफी मागेको छ।

घटनाबारे कम्पनीले प्रहरीको साइभर क्राइम ब्युरोलाई जानकारी गराएको जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस