२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विमानस्थल सरसफाइमा जुट्दै शर्मा

अ+ अ-

राँझा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सरसफाइमा आमूल परिवर्तन ल्याएका गैर आवासीय नेपाली खेम शर्मा अहिले आन्तरिक विमानस्थल सरसफाइ अभियानमा जुटेका छन् । दुई वर्षअघि एक महिनासम्म निरन्तरको मेहनतपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सरसफाइमा परिवर्तन ल्याएका अष्ट्रेलिया निवासी शर्मा नेपालका अन्य आन्तरिक विमानस्थलमा समेत सरसफाइ अभियान सञ्चालन गर्न नेपाल आएका छन् ।

‘सरसरफाइ अभियानका लागि पहिलो चरणमा १० वटा विमानस्थलको निरीक्षण गर्ने काम भएको छ’ नेपालगञ्ज विमानस्थलको निरीक्षणपछि शर्माले भने, ‘नेपालगञ्ज विमानस्थल अन्य विमानस्थलको तुलनामा राम्रो छ, तर अझै धेरै राम्रो गर्न सकिन्छ ।’शहरको विकास र सभ्यता सरसफाइबाट झल्किने भएकाले विमानस्थललाई सफा राख्नुपर्नै उनको भनाइ छ । अष्ट्रेलियामा सरसफाइसम्बन्धी काम गरेर सीप हासिल गरेका शर्माले अहिले आफैँ सरसफाइ कम्पनी सञ्चालन गर्दै आएका छन् ।

सरसफाइमा सिकेको सीप र अनुभवलाई आफ्नो मुलुकको विमानस्थल सरसफाइ अभियानमा प्रयोग गर्न लागेको उनले जानकारी दिए । ‘विदेशी नागरिक पहिलोपटक नेपाल आउँदा विमानस्थलमा पुग्छन् विमानस्थलको सरसफाइको अवस्थाले नेपालप्रति उनीहरुको धारणा बन्ने गर्दछ’, शर्माले भने, ‘त्रिभुवन विमानस्थल सरसफाइ अभियानमा पाएको सफलता र प्रशंसाले गर्दा अन्य विमानस्थलमा पनि सरसफाइको अभियान शुरु गरेका छौँ ।’

अभियान सञ्चालनका लागि शर्माले शनिबारसम्म पश्चिम नेपालका धनगढी, नेपालगञ्ज र गौतमबुद्ध विमानस्थल भैरहवाको निरीक्षण गरिसकेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहमतिमा विमानस्थल सरसफाइ अभियान सञ्चालन गर्न थालिएको हो । ‘हामी आफैँले वा विदेशबाट मान्छे ल्याएर सरसफाइ अभियान सञ्चालन गर्ने होइन’, उनले भने, ‘सरसफाइका कर्मचारीलाई आफूले जानेको प्रविधि सिकाएर हाम्रो अनुपस्थितिमा पनि यहाँका कामदार सरसफाइ गर्न सक्षम हुने गरी सीप हस्तान्तरण गर्नेछौँ ।’

सरसफाइका क्षेत्रमा काम गर्ने कर्मचारीलाई तालीम, उपकरण र सुरक्षा सचेताको अभाव रहेकाले काम गर्दा आफू पिछडिएको अनुभूति गर्ने गरेको पाइएको शर्माले उल्लेख गरे । ‘हामीले विमानस्थलको सरसफाइमा कुनै नयाँ काम गर्न गइरहेको होइन, भइरहेको कामलाई परिणाममुखी बनाउने मात्र हो’, शर्माले भने, ‘सबैभन्दा पहिले मैले सरसफाइ गर्ने कामदारमा आफ्नो कामप्रतिको हिन भावना हटाउने र आत्मसम्मान जगाउने काम गर्ने हो ।’

नेपाल आउने पर्यटकको पहिलो दृष्टि यहाँको सरसफाइमा पर्छ, देशको मुख्य प्रवेशद्वार विमानस्थलको सफाइ भएमा मात्र अन्तरराष्ट्रियरुपमा देशको छवि सुन्दर बन्छ भन्ने खेमको धारणा छ । गैरआवासीय नेपाली आफ्नो ज्ञान, सीप र आर्जन गरेको धन आफ्नो मातृभूमिका लागि सदुपयोग गर्न चाहन्छन् भन्ने यो एक उदाहरण भएको उनी बताउछन् । चितवनको भरतपुर महानगरपालिका निवासी खेमको कम्पनीले भरतपुर विमानस्थल, भरतपुर क्यान्सर अस्पताललगायत कैयौँ स्थानमा यस्तो सरसफाइ अभियान सम्पन्न गरिसेको छ । उनले आफूले ती संरचना वा स्थल सफा गर्नेभन्दा पनि यहीँका जनशक्तिलाई सीप र कार्यशैली सिकाउने काम गर्दै आएका छन् ।