एसईई परीक्षा स्थगित नभएको शिक्षा मन्त्रालयको जिकिर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एसईई परीक्षा स्थगित नभएको शिक्षा मन्त्रालयको जिकिर


२३ फाल्गुन २०७६, शुक्रबार


काठमाडौं । यस वर्षको एसइइ परीक्षा स्थगित भएको भन्‍ने समाचार गलत भएको भन्दै निर्धारित मितिमै सञ्‍चालन हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

मन्त्रालयले एक विज्ञप्ति जारी गरी केही सञ्‍चार माध्‍यम र सामाजिक सञ्‍जालहरुमा आएका समाचारहरुप्रति आपत्ति जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘केही सञ्‍चार माध्‍यम र सामाजिक सञ्‍जालहरुमा २०७६ सालको माध्यमिक परीक्षा (एसइइ) स्थगित भएको र विद्यालयहरु बन्द गर्ने भन्‍ने खालका गलत समाचाहरु प्रवाह भइरहेको विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गम्भीर ध्‍यानाकर्षण भएको छ।’

मन्त्रालयले कक्षा १ देखि ९ सम्‍मका परीक्षा चैत्र ५ गतेभि सम्पन्‍न गरी सक्‍न र चैत्र ६ गतेदेखि लागू हुने गरी एसइइको परीक्षा यथावत रुपमा नै सञ्‍चालन हुने जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस