धनगढी उपमहानगरका विद्यालय बन्द गर्न निर्देशन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

धनगढी उपमहानगरका विद्यालय बन्द गर्न निर्देशन


२३ फाल्गुन २०७६, शुक्रबार


School

काठमाडौं । धनगढी उपमहानगरपालीकाले कुनै पनि विद्यालयमा पठनपाठन वा परीक्षा सञ्चालन नगर्न निर्देशन दिएको छ । नोवल कोरोना भाइरसका कारण शुक्रबार विद्यालय बन्द गर्ने निर्णय गरिएको धनगढीका मेयर नृपबहादु बडले जानकारी दिए ।

उपमहानगरपालीकाले अर्को सूचना नआउँदासम्मका लागि आइतबारदेखि सामुदायिक तथा नीजि विद्यालयहरू बन्द गर्न निर्देशन दिएको हो ।

शिक्षा मन्त्रालयले ५ चैतभित्र वार्षिक परीक्षा सम्पन्न गर्न निर्देशन दिएको थियो । मनत्रालयको निर्देशन अनुसार विद्यालयहरू परीक्षा तालिका सार्वजनिक गरिरहेका बेला धनगढी उपमहानगरपालीकाले भने २५ फागुनदेखि नै विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको हो ।

हेर्नुस् सूचना

Tags :
प्रतिक्रिया दिनुहोस