कोरोना भाइरस फैलिन नदिन भारतीय सीमा क्षेत्रमा निगरानी बढाउनुपर्छ : भीम रावल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना भाइरस फैलिन नदिन भारतीय सीमा क्षेत्रमा निगरानी बढाउनुपर्छ : भीम रावल


२३ फाल्गुन २०७६, शुक्रबार


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद भीम रावलले कोराना भाइरसको प्रकोप नेपालमा फैलन नदिन भारतसँग सीमा जोडिएका क्षेत्रमा विशेष निगरानी र सचेतता बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि आफ्नो धारणा राख्दै सांसद रावलले खासगरी भारतसँग अन्तराष्ट्रिय कानुनअनुसार सीमाहरु नियमन नभएकाले त्यसले नेपालमा समस्या पार्ने बताए ।

भारतमा कोरोनाको संक्रमण देखिएका केही बिरामी देखिएको भन्दै उनले यसले नेपालमा पनि जोखिम बढाउने उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘हाम्रो र भारतबीचको सम्बन्ध र दैनिक हुने आउजाउलाई ख्याल नगर्दा त्यसले धेरै समस्या पार्न सक्छ,’ रावलले भने ।

उनले औषधि, खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तुहरुको अभाव हुन नदिन र त्यसबारे ढुक्क हुने अवस्था सिर्जना गर्न सरकारलाई सुझाव दिएका छन् ।

‘आपुर्ती व्यवस्थाबारे सरकारले जनतालाई ढुक्क पार्नुपर्छ’ उनले भने, ‘शहर र घना बस्तीमा सरसफाईको पुर्वप्रबन्धको व्यवस्था आजैदेखि थालिहाल्नुपर्छ, त्यो भयो भने प्रकोप फैलन पाउँदैन र त्यसलाई नियन्त्रण गर्न सहज हुन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस