हेटौँडा । कान्ति लोकपथअन्तर्गत मकवानपुरको मकवानपुरगढी २ गौरी भञ्ज्याङमा जन्ती बाकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्युभएको छ । दुर्घटनामा परी २९ जना घाइते भएका छन् ।
मकवानपुरगढी गाउँपालिका ७ स्थित जीतपुर भञ्ज्याङबाट सुकौराको सातकन्यातर्फ जाँदै गरेको ना ३ ख ३५५६ नम्बरको जन्ती बोकेको बस बुधबार दुर्घटना भएको हो ।
तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टिकाबहादुर कार्कीले जानकारी दिए ।
उनीहरुको पहिचान नखुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकाहरुको उपचारको लागि हेटौँडा ल्याइएको घटनास्थल प्रहरी प्रवक्ता कार्कीले बर्ताए ।







