नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सईविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सईविरुद्ध भ्रष्टाचार मुद्दा


२१ फाल्गुन २०७६, बुधबार


अख्तियार

काठमाडौं । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र रहेको आरोपमा नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक उत्तम कार्कीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

भारतको मगध विश्वविद्यालय बोधगयाबाट स्नातक तह उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र पेश गरी बढुवा नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध बुधबार मुद्दा दायर गरेको हो ।

अनुसन्धानको क्रममा उनले पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पुष्टि हुन आएकोले कार्कीविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस