भ्रष्टाचारको आरोप लागेका पूर्व डिआइजी २०६३ मा मदन पुरस्कार विजेता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भ्रष्टाचारको आरोप लागेका पूर्व डिआइजी २०६३ मा मदन पुरस्कार विजेता


२१ फाल्गुन २०७६, बुधबार


काठमाडौ । ‘छापामारको छोरो’ कथासंग्रहका लेखक महेशविक्रम शाहसति ४ जना विरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पूर्व प्रहरी नायव महानिरीक्षक (डिआइजी) महेशविक्रम शाह लगायत ४ जनाले आर्थिक अनियमितता गरेको भन्दै आयोगले आरोपपत्र दायर गरेको हो ।

शाहमाथि मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र चितवन भरतपुर र मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौली (सिन्धुली) मा कार्यरत रहँदा आर्थिक अनियमितता गरेको आरोप लगाइएको छ । शाहसहित लेखापाल प्रहरी नायब निरीक्षक दिपेन्द्रप्रसाद पनेरु, लेखा सहायक (प्रहरी हवल्दार) केशवसिंह ऐर र कोष तथा लेखा नियन्त्रक सञ्जिव विशंखेमाथि आर्थिक अनियमितता गरेको भन्दै आरोपपत्र दायर गरिएको हो ।

पूर्व प्रहरी नायव महानिरीक्षक शाह अछामको साँफेबगर (कालिमाटी)का हुन् । उनको घर कैलाली र काठमाडौंको महाराजगञ्जमा समेत रहेको छ

उनी ‘छापामारको छोरो’ कथासंग्रह पुस्तकका लेखक पनि हुन् ।

पूर्व प्रहरी नायव महानिरीक्षकसमेत रहेका शाहले २०६३ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए । साझा प्रकाशनले उनले लेखेको छापामारको छोरो कथासंग्रह प्रकाशित गरेको थियो ।

उनले लेखेको कथासंग्रहमा नेपालमा सशस्त्र द्वन्द्वको समयमा रहेको समामाजिक परिवेशलाई चित्रण गरिएको छ ।

उनका ‘ज्याक्सन हाइट’, ‘अफ्रिगन अमिगो’, ‘सिपाहीकी स्वास्नी’, र ‘काठमान्डुमा कामरेड’ लगायत कथा संग्रह प्रकाशित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस