डा.खतिवडा पुनः अर्थमन्त्री बन्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डा.खतिवडा पुनः अर्थमन्त्री बन्दै


२१ फाल्गुन २०७६, बुधबार


काठमाडौं । डा. युवराज खतिवडा पुनः अर्थमन्त्री हुने भएका छन्।

राष्ट्रियसभाको दुईवर्षे कार्यकाल मंगलबार सकिएलगत्तै मन्त्री खतिवडाले राजीनामा दिएका थिए । उनको आज पुनः नियुक्ति हुने भएको हो ।

संविधानको धारा ७८ को उपधारा १ बमोजिम उनी मन्त्री बन्दै छन्। धारा ७८ मा संघीय संसद सदस्य नभएको व्यक्ति मन्त्री हुने प्रावधान छ।

राष्ट्रिसाभ सदस्यको पदावधि सकिएपछि उनले मंगलबारै अर्थ र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारीबाट राजीनामा दिएका थिए।

मंगलबार प्रधानमन्त्री केपी अ‍ोलीलाई राजीनामा बुझाउन उनी त्रिवि शिक्षण अस्पतालमा पुगेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस