दुई तिहाइको सरकार कुहिरोको काग जस्तो भो : खड्का « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दुई तिहाइको सरकार कुहिरोको काग जस्तो भो : खड्का


२० फाल्गुन २०७६, मंगलबार


डोटी । वर्तमान दुई तिहाइ बहुमतको सरकारले देशमा चाहे अनुसारको विकास गर्न नसकी कुहिरोको काग जस्तो अलमल्लमा परेको सुदूरपश्चिम प्रदेश सभा सदस्य भरत बहादुर खड्काले बताए ।

मङ्गलवार दिपायल स्थित दिल्पेश्वर माध्यामीक विद्यालयको ६४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस डोटी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रदेश सभा सदस्य खड्काले सो आरोप लगाएका हुन् ।

दुई तिहाइ बहुमत प्राप्त सरकारलाई काम गर्न सहज भएको भए पनि चाहे अनुसारको देशमा विकास गर्न नसकेको बताए । उनले भने अहिलेको सरकार काण्डै, काण्डले आफै कुहिरोको काग जस्तो छ अनि कसरी जनताको लागि काम गर्छ । सरकारका गतिविधि देखेर जनताहरू सन्तुष्ट नभएको समेत बताए ।

सामरिक, ऐतिहासिक, प्रशासनिक दृष्टिकोणले डोटी जिल्ला सुदूरपश्चिमको मुख्य केन्द्र बिन्दु रहँदै आएको भए पनि अहिलेको दुई तिहाइको सरकार र डोटीबाट निर्वाचित प्रदेश सभा सदस्यज्यूहरूले सुदूरपश्चिमको प्रदेश राजधानी कायम गर्न कैलालीको पक्षमा मतदान गरेकोले अब डोटेली जनताले सोच्नुपर्ने बेला आएको बताए ।

विद्यालयको वार्षिक उत्सवको असरमा विद्यालय प्राङ्गणमा निमार्ण गरिएको विद्यालयका संस्थापक स्व। जोगी सिंह नेगीको सालिकलाई पनि अनावरण गरिएको विद्यालयका प्रधानाध्यापक दीर्घ कठायतले जानकारी दिए ।

कार्यक्रममा २०७५ सालको अन्तिम परीक्षामा प्रथम, द्धितृया र तृतीया अङ्क ल्याउने विद्यार्थी, जेहेन्दार विद्यार्थी, अनुशासित विद्यार्थी लगायतका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको समेत प्रअ कठायतले बताए ।

बाषिर्क उत्सवको पूर्व सन्धामा विद्यालयले केही दिन अगाडी देखी हाजिरी जवाफ प्रतियोगिता, वादविवाद प्रतियोगी, दौड लगायतका अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरी पुरस्कार वितरण गरिएको विद्यालयले जानकारी दिएको छ ।

२०१२ सालमा स्थापना भएको दिल्पेश्वर माध्यामीक विद्यालयले हाल ९–१२ मा प्राविधिक घारको सिभिल इन्जिनियरिङ कक्षा पनि सञ्चालन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस