कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ भित्र सक्न मन्‍त्रालयको निर्देशन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ भित्र सक्न मन्‍त्रालयको निर्देशन


२० फाल्गुन २०७६, मंगलबार


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण विद्यालयलाई सतर्कता अपनाउन निर्देशन दिएको छ ।

मन्त्रालयले आगामी चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको  वार्षिक परीक्षा लिन भनेको छ । सामूहिक भेला, सेमिनार, गोष्ठीलगायत कार्यक्रम नगर्न भनेको छ ।

मन्त्रालयका सचिव महेशप्रसाद दाहालले मंगलबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र नेसनल प्याब्सनको प्रतिनिधि तथा सरोकार पक्षलाई बोलाएर यस्तो निर्देशन दिएका हुन् ।

आगामी चैत ६ गतेबाट १५ गतेसम्म विद्यालय शिक्षा परीक्षा (एसईई) हुने निर्धारित तालिका रहेको छ । एसईई परीक्षा केन्द्रीय सरकारमातहत सञ्चालन हुने गरेको छ ।

त्यसैगरी स्थानीय सरकार (पालिका) मातहतमा कक्षा ५ र ८ को जिल्लास्तरीय परीक्षा संचालन हुने गर्दछ ।

Tags :
प्रतिक्रिया दिनुहोस