२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

अ+ अ-

काठमाडौं । स्थानीय वायुको प्रभावले आज देशको पूर्वी तथा मध्यपहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘प्रि–मनसुन’ शुरु भएकाले स्थानीय वायुको प्रभाव परेको मौसमविद् गङ्गा नगरकोटीले बताए । ‘अङ्ग्रेजी महिना मार्चदेखि शुरु हने प्रि–मनसुन मेसम्म चल्ने भएकाले पहाडी भेगको मौसम अपराह्न तथा साँझपख प्रभावित भइरहन्छ’, मौसमविद् नगरकोटीले भने । राति देशको पूर्वी तथा मध्यपहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको औँल्याएको छ ।

भोलि पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टालाई चेतावनी तथा परामर्श जारी गर्दै पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २३ दशमलव ६ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सिमराको अधिकतम तापक्रम सबैभन्दा धेरै ३० डिग्री सेल्सियस रहेको छ ।